काठमाडौँ – न्यायालय नै न्यायको बाधक बनेको भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन भएको छ ।

माओवादी द्वन्द्वकालमा मारिएका गोरखाका कृष्णप्रसाद अधिकारीको न्यायका लागि आन्दोलन गर्दै आएका दाई नुरप्रसाद अधिकारीसहितको टोलीले आइतबार प्रदर्शन गरेका हुन् ।

‘न्यायाधीशहरुले न्याय सेवा नै बन्द गरेर आन्दोलन गरिरहेका छन् । न्याय पाउनु पर्ने जनता मर्कामा छन्’, नुरप्रसादले भने, ‘अपराधीहरुले देश चलाइरहेका छन् । हत्यारा प्रचण्ड–बाबुराम स्वतन्त्र छन् ।’

सामान्य अवस्थामै न्याय नपाएका आफूहरुलाई न्यायाधीशहरुको अहिलेको काम नै बन्द गर्ने आन्दोलनले थप समस्या भएको उनको उल्लेख गरे ।

‘न्यायाधीश र वकिलहरुको पनि भागबण्डाको खेल हुन सक्छ, त्यसबारे स्पष्ट पार्नु प¥यो । न्याय सेवा प्रभावित गर्नु भएन’, उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरु तथा न्यायाधीशहरु आन्दोलनमा छन् । न्यायाधीशहरु इजलासमा नबस्दा विगत केही हप्तादेखि सेवा प्रभावित भएको छ ।

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

कात्तिक २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्