प्रदेश १ मा गत २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार ३ सय ६५ जनाको पीसीआर परीक्षणमा २८ र २६ जनाको एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा १५, मोरङमा ८, सुनसरीमा ३ र इलाममा २ जनामा संक्रमण देखिएको हो।

झापाको बुद्धशान्तिमा ४, अर्जुनधारा र हल्दिबारीमा समान ३, दमक, विर्तामोड, भद्रपुर, गौरीगञ्ज र कमल गाउँपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, इलामको चुलाचुलीमा २ जनामा संक्रमण देखिएको छ। प्रदेशमा आइतबार ३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष छन्।

त्यस्तै, प्रदेश १ मा गत २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कात्तिक २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्