काठमाडौँ – मुस्ताङको थासङ गाउँपालिका–२ मा आइतबार मध्याह्नतिर ठूलो हिमपहिरो गयो । मानापाथी हिमालको फेदी अर्थात चौरीको चरन क्षेत्र रहेको नाउरीकोटको फाँट हुँदै भीषण हिमपहिरो जाँदा तल्लो तटीय क्षेत्रमा रहेको कोवाङ गाउँको जनआदर्श माविका विद्यार्थी तथा शिक्षकहरु भागदौड गरेका थिए ।

त्यसक्रममा सात विद्यार्थीसहित ११ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । घाइतेहरुलाई सामान्य चोट लागेको र मानवीय क्षति नभएको जनाइएको छ ।

हिमपहिरो मिसिएका कारण मानापाथी र टुक्चेपिक हिमाल हुँदै बग्ने बोक्सी खोलामा पानीको बहाव केही बढेको थियो ।

हिमपहिरो गएको चरन क्षेत्रमा स्थानीयका एक सय भन्दा चौरी रहेको बताइएको छ ।

तर ती चौरीको अवस्थाबारे जानकारी नआएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

आइतबार बिहान पौने १२ बजेतिर मुस्ताङको सन्दर्भलाई लिएर हामीले काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा हिमनदी विज्ञ डा. रिजन भक्त कायस्थसँग हिमपहिरो किन र कसरी जान्छ तथा जोखिम के हुन्छ भन्नेबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ हिमनदी विज्ञ डा. कायस्थसँग गरिएको कुराकानीः

कात्तिक २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्