प्रधानन्यायाधीश राणाले तोके सबैखाले मुद्दामा पेसी

फाइल तस्बिर

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। दश वटा इजलासमा पेसी तोकेका उनले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोकेका छन्।

आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन। यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएका छन्।

यही कारण सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ हुँदै आएको छ। प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।

अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्।

कात्तिक २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्