प्रदेश १ मा ६१ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा गरिएका ४ सय ९३ जनाको पीसीआर परीक्षणमा ४७ र १ सय १० जनाको एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १३, रंगेलीमा ३ र बेलबारीमा २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, झापाको मेचीनगर र भद्रपुरमा समान ५, दमकमा २, बिर्तामोड, बुद्धशान्ति, शिवसताक्षी, बाहृदशी र अर्जुनधारामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ। मन्त्रालयले पहाडीक्षेत्रतर्फ इलामको चुलाचुली र प्रदेश १ बाहिर समान १ जनामा संक्रमण देखिएको जनाएको छ।

प्रदेश १ मा सोमबार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १६ महिला र २२ पुरुष छन्। पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

कात्तिक २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्