मोरङमा ट्रयाक्टर दुर्घटना, दुईजनाको मृत्यु

विराटनगर – मोरङको बेलबारी नगरपालिका कसेनीमा सोमबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । राति ८ बजेतिर को २ त ८६८८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अविनाश मरन्डीको मृत्यु भएको हो।

मोरङ प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार राति स्थानीय इन्द्र दर्जीको खेत जोतेर फर्कने क्रममा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

घाइते भएका रंगेली नगरपालिकाका सहचालक हेमरन र मरन्डीको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि राति नै विराटनगरस्थित कोशी अस्पतालमा लगिएको थियो ।

ट्रयाक्ट्रर चालक रंगेलीका २७ वर्षीय आइत सतारलाई प्रहरीले नियन्त्रणममा लिएको छ। प्रहरी निरीक्षक खड्काका अनुसार चालक सतारसँग सवारी चालक अनुमति पत्र समेत थिएन ।

कात्तिक ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्