प्रदेश १ मा थपिए ५३ जना कोरोना संक्रमित

मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ३ सय ९९ जनाको पीसीआर परीक्षणमा ५० र १ सय जनाको एन्टिजेन परीक्षणमा ३ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा समान १ जनामा संक्रमण देखिएको हो।

झापाको मेचीनगरमा ७, विर्तामोडमा ४, कनकाई, भद्रपुर र कमल गाउँपालिकामा समान २, गौरीगञ्ज, दमक, बुद्धशान्ति, गौरादह, अर्जुनधारा, शिवसताक्षी र झापा गाउँपालिकामा समान १ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ, पाँचथरको कुम्मायक र फालेलुङमा समान १, उदयपुरमा १ र इलामको सुर्योदयमा १ जनामा संक्रमण देखिएको जनाएको छ।

यसैगरि प्रदेशमा मंगलबार २५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यसरी संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेका छन्।

कात्तिक ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्