नेपालमा रियलमी मोबाइलको बिक्री २५७ प्रतिशले वृद्धि

काठमाडौँ – विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमी अब नेपालमा पनि सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ।

क्यानालिसमा प्रकाशित रिपोर्टअनुसार सन् २०२१ कोे तेस्रो चौमासिकमा रियलमी तेस्रो स्थानमा उक्लिएको छ। यो रियलमीको सबैभन्दा ठूलो जीत भएको कम्पनीले दावी गरेको छ। यस रिपोर्टअनुसार नेपालमा रियलमीले अघिल्लो चौमासिकको तुलनामा २५७ प्रतिशतले वृद्धि गर्दै सबैभन्दा धेरै वृद्धि हासिल गरेको हो।

पछिल्लो चौमासिकमा अनुमानित सेल–ईन स्मार्टफोन ढुवानीअन्तर्गत यो रिपोर्ट अध्ययन गरिएको थियो। हाल नेपाली बजारमा रियलमीले १४ प्रतिशत हिस्सा ओगटेको छ। अघिल्लो चौमासिकको तुलनामा यो चौमासिकमा रियलमीले २५७ प्रतिशतको स्मार्टफोन ढुवानी वृद्धि गर्दै सबैभन्दा सफल स्मार्टफोन ब्रान्ड बनेको हो।

सामसङ्गले तेस्रो चौमासिकमा स्मार्टफोन ढुवानीमा ३९ प्रतिशतको वार्षिक गिरावटको सामना गरेको छ। यसैगरी शाओमीले सोही अवधिमा ५५ प्रतिशतको गिरावटको सामना गरेको छ। यस गिरावटपश्चात् पनि यी दुवै स्मार्टफोनहरु क्रमशः ३९ प्रतिशत र २४ प्रतिशतको नेपाली बजार हिस्सा ओगटेर ठूलो ब्रान्डमै यथावत रहेका छन्।

रियलमीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोबाइल्स हो। रियलमीले नेपालमा २०१९ मा डेब्यु गरेको थियो। अप्रतिस्पर्धी मूल्य निर्धारणका कारण यो नेपालमा सफल हुन सकेको थिएन। यसपछि कम्पनीले नेपालमा आफ््नो रणनीति परिवर्तन गर्ने निर्णय गरेको जगदम्बा मोबाइल्सले जनाएको छ।

पछिल्लो चौमासिकमा रियलमीको सबैभन्दा ठूलो उत्पादनहरुमा रियलमी ८आई, रियलमी सी२१वाई, रियलमी सी२०, रियलमी सी२१ र रियलमी सी११ रहेका छन्। यी स्मार्ट फोनहरुले शक्तिशाली ब्याट्री, मेगा डिस्प्ले र सुन्दर फोटो जस्ता गुणात्मक विशेषताहरुका साथ बजारमा उपलब्ध छन्।

हाल रियलमीले जिटी नियो २ जस्ता डिभाइसहरुसँग आफ्नो पोर्टफोलियो विस्तार गरेको छ। सन् २०२२ सम्ममा नेपालको दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड बन्ने रियलमीले योजना राखेको छ।

मंसिर १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्