प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन्।

प्रदेश सभामा बुधबार विश्वासको मत लिने क्रममा मुख्यमन्त्री राईले ५० मत प्राप्त गरे। विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।

सभामुख भण्डारीले सदनमा सभामुखबाहेक कुल ७९ जना प्रदेश सभासदस्यले सहभागिता जनाएको बताए।

प्रदेश सरकारमा प्रतिपक्षी भूमिकामा रहेको एमालेको ४१ मत रहेको थियो। यद्यपि सदनमा एमालेका १२ जना प्रदेश सभा सदस्यको अनुपस्थिति रहेको थियो।

सभामुख भण्डारीले अर्को सूचना नहुञ्जेलसम्म सदन स्थगित भएको जानकारी गराएका थिए।

मंसिर १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्