प्रदेश १ मा थपिए ६६ जना कोरोना संक्रमित

मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ६ सय ५७ जनाको पीसीआर परीक्षणबाट ६२ जनामा र १ सय ३७ जनाको एन्टिजेन परीक्षणमा ४ जनामा संक्रमण देखिएकोप जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिर समान १ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा २६, सुनबर्षी, बेलबारी, लेटाङ, कटहरी, सुन्दरहरैंचा, बुढीगंगा र कानेपोखरीमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरि झापाको भद्रपुरमा ४, विर्तामोडमा ३, मेचीनगर र अर्जुनधारामा समान २, कनकाई, दमक, शिवसताक्षी, कमल र झापा गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ उदयपुरको रौतामाईमा २, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिर समान १ जनामा संक्रमण देखिएको जनाएको छ।

मन्त्रालयले प्रदेशमा बुधबार ३८ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ। यसरी संक्रमणमुक्त हुनेमा १९ महिला र १९ पुरुष रहेका छन्। त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

मंसिर १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्