काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आह्वानमा फुलकोर्टको बैठक बसेको हो।

प्रधानन्यायाधीश राणा पूर्ण बैठक भ्याउने गरी दिउँसो १ बजेतिर सर्वोच्च आएका छन्।

यसअघि प्रधानन्यायाधीश राणाले बोलाएको बैठक बहिस्कार गरेका आन्दोलनकारी न्यायाधीशहरु बिहीबारको बैठकमा सहभागी भएका छन्।

फुलकोर्ट बैठकबाट गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने तयारी छ। सो निर्देशिका राजपत्रमा छाप्नका लागि तत्काल पठाइने जनाइएको छ।

मंसिर २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्