सुरक्षित आवास कार्यक्रम सञ्चालनमा ल्याइने

मोरङ – प्रदेश १ मा विपन्न परिवारलाई लक्ष्य गरेर सुरक्षित आवास कार्यक्रम सञ्चालनमा ल्याउने आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताएका छन्।

विराटनगर महानगरपालिका–१२ स्थित मलंगवा बस्तीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले विभिन्न दातृ निकाय र संघसंस्थाको सहयोगमा नमुनाका रूपमा परियोजना अगाडि बढाइएको जानकारी दिए।

उनले भने, ‘दातृ निकायको सहयोगमा सञ्चालनमा ल्याइएको परियोजना सम्पन्न भएपछि प्रदेशका अन्य जिल्लामा पनि विपन्न परिवारलाई लक्ष्य गरेर सुरक्षित आवास कार्यक्रम अगाडि बढाउँछाैँ।’

कार्यक्रममा जीवन विकास समाजका अधिकृत सञ्जय मण्डलले सुकुम्बासीलाई ऋण दिएर घडेरी खरिद गर्न सहयोग पु¥याउँदै आएको बताएका थिए। समाजले सुरक्षित आवासका लागि विपन्न नागरिकलाई सहयोगसमेत गर्दै आएको उनको भनाइ छ।

निजी निकायसँगै मुख्य गरी सुकुम्बासी र मुसहर परिवारलाई लक्ष्य गरी आवास कार्यक्रम सञ्चालन गर्दै आएको समाजले जनाएको छ।

महानगर आवास परियोजनामार्फत सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरण गर्ने र घर निर्माणको अभियान गत वर्षदेखि सुरु गरेको हो।

मलंगवा बस्ती व्यवस्थित गर्ने उद्देश्यसहित बस्तीका १ सय ४५ सुकुम्बासी परिवारलाई घडेरीको लालपुर्जा प्रदान गरी सकिएको बताइएको छ। जहाँ घर निर्माण भइरहेको छ।

कार्यक्रममा विराटनगर महानगर आवास परियोजनाको घर निर्माणमा खटिँदै आएका कामदारलाई मेटलाइफ इन्स्योरेन्सले मास्कसहित प्रतिपरिवार २० किलो चामल, दाल, नुन तेललगायत खाद्यान्न वितरण गरेको थियो।

 

 

मंसिर २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्