काठमाडौँ आउनेबित्तिकै रामदेव प्रचण्डपत्नी सीतालाई भेट्न खुमलटार पुगे

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्ण खुमलटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्दै। तस्बिर : गंगा दाहाल

काठमाडौँ-  काठमाडौंमा शुक्रबार हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन भारतीय योगगुरु रामदेव बुधबार काठमाडौं आइपुगेका छन्। रामदेवसँग पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण पनि छन्।

बिहीबार नै दुई आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको योगपीठका एक अधिकारीले जानकारी दिए।

पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार शुक्रबार नै स्वदेशी समृद्धि कार्ड कार्यक्रमसमेत सुरु गरिनेछ।

योगगुरु रामदेव तथा आचार्य बालकृष्णले बिहीबार नै खुमलटारस्थित निवास पुगेर नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मंसिर २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्