पालो माग्न अर्का दैलो ढुक्दा थाहा होला
लम्पसार परि गोडामा झुक्दा थाहा होला।।

छिमेकीमा दौरा थाप्दै माग्ने बानी बस्यो
बेला बेला मूलको पानी सुक्दा थाहा होला।।

बनेकालाई भत्काइवरी शहर गाउँको सफर
बिग्रेकालाई सप्य्रो भनि फुक्दा थाहा होला।।

आफै भान्छे चर्काए भुँडी नातागोता सबको
वायु शुलले आन्द्रे थैली दुख्दा थाहा होला।।

ल्याप्चे हाने तमसुकमा खुम्चिए जल थल
यहि पाराले सहीछापमा चुक्दा थाहा होला।।

बेला बखत सामु पर्छन् मै हुँ नाइके भनि
धोती खुस्की छेउ कुना लुक्दा थाहा होला।।

मंसिर ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्