कांग्रेस १४ औँ महाधिवेशन

उदयपुर २ (क) मा दुईपक्षबीच कुटाकुट, मतपत्र च्यातियो

फाइल तस्बिर

उदयपुर – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएको छ। निर्वाचन क्षेत्र २ (क) मा दुवै पक्षबीच कुटाकुट हुँदा चार वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ।

उदयपुरमा चार प्रदेश निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ ‍(क) र (ख), निर्वाचन क्षेत्र २ को (ख) को मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन क्षेत्र २ (क) को मतपत्र च्यातिएको कारण स्थगित गरिएको छ।

१ (ख) मा सरोजकुमार बस्नेत, २ (ख) कृष्ण थापा निर्वाचित भएका छन्। उनीहरु सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय नेता हुन्। १ (क) मा अर्जुन दाहाल विजयी भएका छन्। उनी कोइराला–पौडेल पक्षका हुन्। – न्युज कारखाना

मंसिर ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्