त्रिरत्न मानन्धरको पुस्तक ‘हट चेयर’माथि भक्तपुरमा अन्तर्क्रिया

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको पुस्तक ‘हट चेयर’माथि भक्तपुरमा अन्तरक्रिया कार्यक्रम भएको छ।

रिडर्स हब भक्तपुरमा शनिबार सिर्जना र अनुभूति शृंखला अन्तर्गत अन्तरक्रिया भएको हो ।

नेपालको हवाई सेवामा ३३ वर्ष बिताएका मानन्धरले संस्मरणात्म पुस्तक हट चेयरमा आफूले कामका बेलाको अनुभवदेखि त्यससँग जोडिएका कुराहरु समेटेको उल्लेख गरे ।

पुस्तकमा नेपालको आन्तरिक हवाई सेवा र निजी क्षेत्रको भूमिका तथा विभिन्न घटना दुर्घटनाहरुबारे पनि उल्लेख गरिएको छ ।

 

मंसिर ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्