पूर्वपश्चिम राजमार्ग छेउ बाँकेको खैरीखोलामा बम भेटियो

नेपालगञ्ज – बाँकेमा बम फेला परेको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ खैरीखोलामा बेवारिसे अवस्थामा बम फेला परेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी रवीन्द्र खनालका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोला खण्डमा सकेट बम फेला परेको छ । राजमार्गदेखि २० मिटर दक्षिणमा बम फेला परेको हो ।
स्थानीयले बम देखेर प्रहरीलाई खबर गरेका थिए । बम खिया लागेको अवस्थामा छ । बम निष्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिएको छ ।
राँझाबाट नेपाली सेनाको टोली घटनास्थलतिर जाँदैछ । बम कसले किन राख्यो वा पहिला नै छोडिएको हो खुल्न सकेको छैन।