बाघको छालासहित दुई जना पक्राउ

दाङ – दाङमा प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित वन्यजन्तु बाघको छालासहित राजपुर गाउँपालिका–६ निवासी ३८ वर्षीय सूर्यबहादुर चौधरी, तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा निवासी ३१ वर्षीय महेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

वन्यजन्तुको ओखेटोपहार बाघको छालासहित ओसार पसार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा आइतबार बेलुका घोराही उपमहानगरपालिका–१६ बाट पक्राउ गरिएको हो।

सूर्यबहादुर चौधरीले चलाएको रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पछाडि बसेका महेन्द्र खड्काले बोकेको झोलामा बाघको छाला फेला परेको हो। पक्राउ परेका व्यक्तिबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

मंसिर ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्