कांग्रेसको जारी अधिवेशनमा धाँधली हुँदै छ: शेखर कोइराला

डा. शेखर कोइराला। फाइल फोटो।

मोरङ – कांग्रेसको जारी १४ औं महाधिवेशनका क्रममा बनाइएका निर्वाचन समिति निष्पक्ष नभएको डा. शेखर कोइरालाले आरोप लगाएका छन्।

विराटनगरमा सञ्चारकर्मीमाझ सोमबार नेता कोइरालाले जारी अधिवेशन निष्पक्ष र धाँधलीरहित हुन नसकेको आरोप लगाएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन निष्पक्ष र धाँधलीरहित भनेर बताइरहँदा नेता कोइरालाले सभापतिको अभिव्यक्तिविपरीत कार्य भइरहेको बताए।

नेता कोइरालाले विभिन्न स्थानमा भइरहेका अधिवेशन धाँधलीरहित भएका छैनन् भन्ने पुष्टिसमेत भइसकेको बताएका थिए।

पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँडको जिल्लामा अधिवेशनका क्रममा विवाद र कुटपिट गर्दै अधिवेशन गराइएको भन्ने भ्रम फैलाइएको उनको भनाइ छ।

सभापति देउवापक्षधर गलत मानसिकताबाट अघि बढ्दा पार्टीको महाधिवेशनको समय धकेलिँदै अहिलेसम्म आइपुगेको उनले बताए। विवाद र कुटपिटपछि उनले सभापतिको जिल्ला डडेलधुरामा नयाँ निर्वाचन अधिकृत राखेर अधिवेशन गराइएको बताएका छन्।

मंसिर ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्