नेपाली कांग्रेसका मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधि चुनावमा पराजित

काठमाडौँ – नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा चयनका लागि भएको चुनावमा पराजित भएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका मुख्य सचिव पौडेल पराजित भएका हुन् । पराजित भएका पौडेलले ८३ मत पाए ।

क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ दक्ष पौडेल, रामशरण थपलिया र नगेन्द्रध्वज कार्की विजयी भएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्षसमेत रहेका मुकुन्द रिजाल क्षेत्रीय सभापति निर्वाचित भएका छन् ।

मंसिर ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्