सोलुखुम्बुमा बुवाले छोराछोरीलाई छ्यापे एसिड

सांकेतिक तस्बिर

काठमाडौँ – सोलुखुम्बुमा बुवाले आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेका छन्।

सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराइलीले सोमबार बेलुका एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका छन् ।

मदिरा सेवन गरेर घर आएका बराइलीले एसिड छ्याप्दा छोरी सामान्य घाइते भएकी छन्। यस्तै छोराको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।

मंसिर ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्