काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार कोटेश्वर पुगेर समाजसेवी सञ्जय साइबाबासँग भेट गरेका छन्।

उनले सत्य साइबाबाको ९६ औँ जन्मदिनका अवसरमा कोटेश्वरस्थित सञ्जय साइबाबाको निवास पुगेर उनलाई भेट गरेका हुन्।

त्यस अवसरमा पूर्वराजा शाह सञ्जय साईबाबाको निवासमा मनाइएको सत्य साईबाबाको ९६ औँ जन्मदिनमा सहभागी भएका थिए।

नेपालका सञ्जय साईबाबालाई साईबाबाको अवतारमा रुपमा मान्ने गरिन्छ। उनी समाजसेवा, परोपकार र आध्यात्मिक गतिविधिमा सहभागी हुने गरेका छन्।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु: