भक्तपुरमा लप्सीको रुखमा डोरी चुँडिएर भुँईमा झरेको अवस्थामा मानव कंकाल फेला

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा लप्सीको रुखमा डोरी चुँडिएर भुईमा झरेको अवस्थामा मानव कंकाल फेला परेको छ।

भक्तपुर प्रहरीका अनुसार पाँच फिट ६ इन्चको मानव कंकाल फेला परेपनि सनाखत हुन सकेको छैन। उक्त रुखको हाँगामा डोरी चुँडिएको अवस्थामा रहेकाले झुन्ड्याएर मारेको वा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

प्रहरीका अनुसार घटनास्थलबाट एचपी इन्भेन्ट लेखिएको कालो रङको झोला, झोलासँगै नाम्लोको फिता, झोलाभित्र चेक सर्ट, चोया काट्ने हतियार, प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा रुद्राक्ष, दाँत माझ्ने ब्रस, गोल्ड स्टार जुत्तालगायत सामग्री फे‍ला परेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्