कोटेश्वरबाट बलात्कारको आरोपमा आर्मीका हवल्दार पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ– बालिका बलात्कारको आरोपमा काठमाडौँको कोटेश्वरबाट नेपाली सेनाका एक जना हवल्दार पक्राउ परेका छन्।

कञ्चनपुर घर भएका ३६ वर्षीय सेनाका हवल्दार गोविन्द सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

उनी ललितपुरको लेलेमा दरबन्दी भइ पछिल्लो समय नगरकोटमा तालिममा थिए। उनले कार्तिक ३० गते ललितपुरबाट १३ वर्षीया बालिकालाई कोटेश्वरको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रामेछाप घर भएकी ती बालिकालाई हवल्दार विष्टले ललाइफकाइ होटल पुर्‍याएका थिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मंसिर ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्