पुनरागमन जितसहित म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेर म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।

बुधबार राति भएको समूह ए अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २–१ ले पराजित गरेको हो । पछि परेको खेलमा पुनरागमनसहित सिटीले जित निकालेको हो ।

भ्रमण टोली पिएसजीका लागि ५० औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरी सुरुवाति अग्रता दिलाएका थिए । तर त्यसपछि सिटी खेलमा फर्कियो ।

६३ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले सिटीका लागि बराबरी गोल गरे । ७६ औँ मिनेटमा गाब्रिएल जिससले गोल गरेपछि सिटीले जित निश्चित गरेको हो ।

१२ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ को यात्रा सिटीले तय गर्ने निश्चित भएको हो । ८ अंकसहित पिएसजी दोस्रो स्थानमा छ ।
सोही समूह अन्तर्गत भएको अर्को खेलमा आरबी लेइप्जिगले क्लब बर्गलाई ५–० ले पराजित गरेको छ ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्