लगातार २५ औँ वर्ष रियल मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा

लगातार २५ औँ वर्ष रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा शरिफ टिरास्पोललाई ३–० ले पराजित गरी रियल मड्रिडले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिडका लागि ३० औँ मिनेटमा डेविड अलबा, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा टोनी क्रोस तथा ५५ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेका हुन् ।

जितपछि समूहको शीर्ष स्थानमा रहेको रियल मड्रिडको १२ अंक भएको छ । बुधबार राति नै भएको खेलमा शाख्तर डोनेस्कलाई २–० ले पराजित गरेको इन्टर मिलान १० अंकसहित दोस्रो स्थानमा छ ।

यसैबीच समूह सी अन्तर्गत बेसिक्टासलाई २–१ ले पराजित गरेको अजाक्स १५ अंकसहित शीर्ष स्थानमा रह्यो । बोरुसिया डर्टमुण्डलाई ३–१ ले पराजित गरेको स्पोर्टिङ्ग ९ अंकसहित दोस्रो स्थानमा पुगेको छ । बोरुसिया ६ अंकसहित तेस्रो स्थानमा छ ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्