सुनको मूल्य केही घट्यो

काठमाडौँ – सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार आठ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइहरेको छ।

यस्तै चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्