राप्रपा अध्यक्षमा लिङ्देनले गरे उम्मेदवारी घोषणा, धवलशमशेर महामन्त्री

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन्।
केहीबेरअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिएको छ।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन्। सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्ष निर्वाचित भएका छन्। दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेका छैनन्।
पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका हुन्। राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदैछ।