एमाले महाधिवेशनमा भाजपाका दुई नेता सहभागी हुने

काठमाडौँ – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट दुई नेता आउने भएका छन्।

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणामा दुई नेता राष्ट्रिय महाधिवेशनमा सहभागी हुने जानकारी दिएका हुन्।

भाजपाको तर्फबाट पूर्वमन्त्री हर्श वर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदी एमालेको महाधिवेशनमा अतिथिका रुपमा आउने छन्।
एमालेको १०औँ महाधिवेशन शुक्रबार चितवनमा सुरु हुँदैछ। मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्