आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट

कुवेतले दियो नेपाललाई २८ रनको लक्ष्य

फाइल तस्बिर

काठमाडौँ – संगीता राई र कप्तान रुविना क्षेत्रीले धारिलो बलिङ गरेपछि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई २८ रनको सामान्य लक्ष्य दिएको छ।

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटियो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट लिए। यस्तै करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक-एक विकेट लिए।

ग्लोबल छनोटको सम्भावनालाई कायमै राख्न नेपाललाई कुवेतविरुद्धको खेल जित्नैपर्ने दबाब छ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले भूटानलाई ८ विकेटले पराजित गरेको थियो। नेपाल कुवेतलाई पराजित गर्दै ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा पुग्ने दाउमा छ। -न्युज कारखाना

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्