आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट

कुवेतविरुद्ध नेपालको सहज जीत, ग्लोबल छनोटको सम्भावना कायमै

फाइल तस्बिर

काठमाडौँ – कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा दोस्रो जीत निकालेको छ। बिहीबार दुबईमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जीत हात पारेको हो।

जीतसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ। नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

जीतका लागि कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जीतमा इन्दु बर्माले १३, कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्। कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन्।

यसअघि टस जितेर ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटिएको थियो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट हात पारे। नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय हुँदा दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो। -न्युज कारखाना

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्