‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

काठमाडौँ – सीजी ब्राण्डअन्तर्गत सीजीले आफ्नो ‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा ल्याएको छ। सीजी मेरिडिया फ्रिजर ‘सइक्लोपेनटेन’ तथा ‘डिजिटल इनभर्टर कम्प्रेसर’ जस्ता उत्कृष्ट प्रविधिबाट तयार परिएको सीजी ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो।

आफ्ना सुरूवाती दिनहरूदेखि नै सीजी ब्राण्डले नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रविधिको क्षेत्रमा नवीनता र आयाम भित्र्याउँदै सीजी ब्राण्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ।

प्रविधि र नवीनतामा विशेष चासो राख्ने सीजी ब्राण्डको उन्नत प्रविधिबाट सुसज्जित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बजारमा आएको ‘सीजी मेरिडिया’ फ्रिज अत्यधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो। यसको मुख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो। जसमा भेरिएबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नुका साथै इनर्जी इफिसेन्ट पनि छ। साथै ‘डिजिटल इनभर्टर कम्प्रेसर’ ले खानेकुरालाई कम समयमै चिसो बनाउने र फ्रिजलाई शान्त रुपले चल्न पनि मद्दत पुर्‍याउँछ।

मेरिडिया फ्रिज साइक्लोपेनटेन जस्ता सुविधायुक्त छ। जसले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समयसम्म ताजा राख्छ। कम समयमै खानालाई अत्यधिक ताजगी प्रदान गराउने थप प्रविधिबाट यस फ्रिजको निर्माण गरिएको सीजीले जनाएको छ।

कम्पनीले यसको खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टीसमेत उपलब्ध गराएको छ। सीजी ब्राण्डले आउने दिनहरूमा ‘सीजी मेरिडिया’ नामअन्तर्गत आफ्ना अरू थुप्रै उत्पादनहरू बजार ल्याउने पनि कम्पनीले जनाएको छ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्