राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा थापा

नयाँ चलचित्र मालिकाको गीत सार्वजनिक कार्यक्रममा निर्देशक तथा अभिनेत्री रेखा थापा । तस्बिर : बर्षा शाखा/देश सञ्चार

काठमाडौँ – कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन्। बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरे।

जमलको एलोप्यागोडा होटेलमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन्।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको दरिलो समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

युवा नेतासहित धबलशमशेर राणासहित नेताहरूको समर्थन प्राप्त गरेको लिङ्देनलाई अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले पनि समर्थन जनाएकी हुन्।

राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदैछ। -न्युज कारखाना

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्