प्रदेश २ सरकारद्वारा मधेसी सहिद प्रतिष्ठान गठन

जनकपुरधाम – प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गरेको छ। विभिन्न आन्दोलनमा सहिद भएका परिवार तथा घाइतेको हकहितका लागि प्रदेश सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गरेको छ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रतिष्ठानमा मधेस आन्दोलन र जनयुद्धका २÷१ सहिद परिवारका सदस्य गरी चार जनालाई नियुक्त गरेका हुन्।

मधेस आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पीकुमारी साहलाई नियुक्त गरिएको छ। त्यस्तै, जनयुद्धका सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको हो।

प्रतिष्ठानका अध्यक्षसमेत रहेका मन्त्री साहले बिहीबार चारै जनालाई प्रमाणपत्र प्रदान गरेका छन्। मधेसी सहिद प्रतिष्ठान निर्देशिका ०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ।

जसमा आन्तरिक मामिला मन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्