एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा

चितवन– एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन्।

बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन्। एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चितवन आउने नआउने निश्चित भइसकेको छैन। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले निम्तो गरेको छैन। –न्युज कारखाना

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्