काठमाडौँ उपत्यकामा थप १३० जनालाई कोरोना

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा १६ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३०८ जना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ।

बिहीबार २९८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३४९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार १०४ पीसीआर तथा १ हजार ८०५ एन्टिजेन परीक्षण भएको छ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्