फागुन १३ मा आउँदै ‘प्रेम गीत ३’ प्रदर्शन हुँदै

काठमाडौँ – चलचित्र ‘प्रेम गीत ३’ ले फागुन १३ गते प्रदर्शन मिति तय गरेको छ। चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र प्रदर्शनको नयाँ मिति सार्वजनिक गरेका हुन्।

चलचित्रले २०७६ सालको चैत्र २८ मा चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको थियो। तर कारोना भाइरस महामारीको कारण चलचित्र प्रदर्शन हुन पाएको थिएन।

निर्माता सेनले दर्शकको लागि चुनौति बोकेर चलचित्र प्रदर्शन गर्न लागेको बताएका छन्। चलचित्रमा नायक प्रदिप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्रलाई सन्तोष सेनको साथ साथै स्वर्गीय छेतन गुरुङले पनि निर्देशन गरेका थिए।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्