अंग्रेजीपछि अरेबिक भाषामा अनुवाद हुँदै बुद्धिसागरको पुस्तक ‘कर्नाली ब्लूज’

काठमाडौँ – बुद्धिसागर लिखित पुस्तक ‘कर्नाली ब्लूज’ अरेबिक भाषामा अनुवाद हुने भएको छ। लेखकले पुस्तक अनुवादका बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन्।

उनले आफ्नो पुस्तकलाई अनुवाद गरिदिने लेखकसँगको तस्बिर राख्दै आफूलाई अरेबिक नआए पनि अनुवादपछिको मिठास अहिले नै महसुस भइरहेको बताएका छन्।

उनको पुस्तक मोरक्कोकी लेखक, कवि सोउकैना हबिबल्लाहले अनुवाद गर्दैछिन्। यस्तै कर्नाली ब्लूजको अंग्रेजी अनुवाद पेनगुइन पब्लिकेशनबाट प्रकाशन भई आगामी डिसेम्बरमा सार्वजनिक हुँदैछ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्