नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

काठमाडौँ – माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगन्तुकका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको बिहीबार भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा उद्घाटन गरे।

आगन्तुकले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा सुरक्षित राखी निस्फिक्री भएर भ्रमण गर्न सक्नेछन्।

माछापुच्छे बैंकले झापादेखि कञ्चनपुरका साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखा र १५४ शाखारहित बैकिङ सेवा, ६ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३२२ स्थानबाट १० लाखभन्दा बढी ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ।

साथै, बैंकको देशभर २०० बटा एटीएम सञ्चालित छन्।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्