एमाले १०औँ महाधिवेशन

कर्णालीबाट यमलाल कडेलले सचिवमा उम्मेदवारी दिने

फाइल तस्बिर

सौराहा – एमाले महाधिवेशनमा यमलाल कँडेलले सचिव पदमा उम्मेदवारी दिने भएका छन्।

एमाले कर्णाली प्रदेशका प्रमुखसमेत रहेका कँडेललाई प्रदेशका नेताहरुले साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका हुन्।

केन्द्रीय सदस्य विस्णु रिजालका अनुसार कर्णाली प्रदेशबाट पदाधिकारी अनिवार्य हुनुपर्ने अडान राख्दै कँडेललाई सचिव पदमा उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए।

उनी लामो समयदेखि अध्यक्ष केपी ओलीका विश्वास पात्रका रुपमा रहेका छन्।

मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्