चितवन – नेकपा एमालेका दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन देशभरका एमाले कार्यकर्ता र शुभेच्छुक चितवन आउने क्रम जारी छ।

नारायणी नदीको तटमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा सहभागी हुन आइपुगेका नेता–कार्यकर्ताले चितवनको सडक भरिभराउ छ।

ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ भने सर्वसाधारणले सार्वजनिक सवारीसाधन सजिलै चढ्न पाएका छैनन्।

चितवन आइपुगेका एमाले कार्यकर्ताहरुको केही तस्विर देशसञ्चारकर्मी दशरथ घिमिरेले कैद गरेका छन्।