नबिल बैंकको नबिल सामाजिक उद्यमशिलता कार्यक्रम

काठमाडौँ–नबिल बैंकले सामाजिक उद्यमशिलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (नबलि स्कुल अफ सोशल अटरपिनरसिप–नबिल एसएसई) सुरु गरेको छ।

समाजमा उद्यमशिलताका माध्यमबाट सामाजिक समस्याको दिर्घकालिन समाधान गर्न नविन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रुपमान्तरणलाई बढावा दिनका लागि सो कार्यक्रम सुरु गरिएको हो।

सो कार्यक्रम अन्तर्गत बैंकले सामाजिक उद्यमशिलतामा प्रमाणपत्र र फेलोसिप कार्यक्रम तय गरेको छ। सो कार्यक्रमका लागि सुरुवाती चरणमा बैंकले सातै प्रदेशका स्कुल, क्याम्पस तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ।

जसमा प्रदेश १ मा महेन्द्र मोरङ आर्दश मल्टिपल क्याम्पस, प्रदेश २ मा बिरगंज पब्लिक कलेज, बागमती प्रदेशमा क्याम्पियन कलेज, गण्डकी प्रदेशमा फ्याकल्टी अफ ह्युमानिटिज एण्ड सोसल साइन्स पोखरा विश्वविद्यालय, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज र सुदुरपश्चिममा सुदुर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरेको हो।

बैंकले यी शैक्षिक संस्थाहरुसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्नेछ।

यस्तै फेलोसिप कार्यक्रम तालिममा आधारित छ। यसका लागि बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ।

यसमा एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागिलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिहरुले तोकिएको मापदण्ड अनुसार आवेदन दिन सक्नेछन्। सो आवेदन नबिल बैंकको वेवसाइटमा पनि उपलब्ध छ।

छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशिलताको तालिम दिइने बैंकले जानकारी दिएको छ। तालिम लिने व्यक्तिहरुका लागि तालिम अवधिभर बस्ने, खाने सुविधा उपलब्ध हुने पनि बैंकले जानकारी दिएको छ। बैंकका अनुसार सहभागिहरुले सामाजिक उद्यम संचालनको तरिकासँगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पाउनेछन् भने सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवद्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान तथा सिप पाउनेछन्।

लघु वित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुती कला, आफ्ना वस्तु तथा सेवाकाृ बजारिकरण जस्ता विषयलाई पनि तालिममा समावेश गरिएको छ।

कार्यक्रमका दुबै कासै पुरा गरेका व्यक्ति उद्यमशिलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर उद्यम सुरु गर्न सक्नृछन्।

उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जजीवकाृपार्जन, उर्जा र जलवायु परिर्वन लगायतका क्षेत्रमा लगानी गरी सामाजिक उद्यमशिलता विकास गर्न सक्ने बैंकले जनाएको छ।

मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्