सिभिल बैंकको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ– सिभिल बैंकले राजधानीमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी ११ औँ वार्षिका साधारण सभा सम्पन्न गरेको छ।

बैंकका सञ्चालक समिति अध्यक्ष प्रतापजंग पाण्डेको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा विभिन्न सेवा थालनीका साथै विविध कार्यक्रम आयोजना गरी ११ औँ वार्षिकोत्सव मनाएको हो।

बैंकले प्रधान कार्यालयलगायत देशभरका शाखामा समेत विभिन्न कार्यक्रम आयोजना गरेको छ।

बैंकको प्रधान कार्यालयमा प्रायोरिटी बैंकिङ सेवा उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिङ ‘एक घण्टी झ््याप्प पेमेन्ट’ सेवा शुभारम्भ बैंकका सञ्चालक समितिका सदस्य प्रकाश तायलले गरेका हुन्।

वार्षिकोत्सवका अवसरमा देशभर छरिएका बैंकका मुख्य शाखासहित ३८ स्थानमा ५९ शाखाको सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

यस्तै, देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखामा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृत्ति कार्यक्रम आयोजना गरिने भएको छ। जसमा बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरिब तथा जेहन्दार छात्रालाई छात्रवृत्तिस्वरुप पाँच हजार रुपैयाँ प्रदान गरिनेछ।

यस्तै, बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताका लागि झन्झटरहित तथा समर्पित बैंकिङ सेवाका लागि प्रायोरिटी बैंकिङ सेवाको थालनी गरेको छ सो सेवाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डले गरेका हुन्।

यसैगरी, बैंकले कल सेन्टर सेवा उद्घाटन पनि गरेको छ। बैंकका ग्राहकको समस्या तथा गुनासोको हल गर्न चौबिसै घण्टा सञ्चालन हुने कल सेन्टर सेवाकोे उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य प्रकाश तायलले गरे।

१०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुअल डलर कार्डको उपयोग अन्तर्राष्ट्रिय सेवा तथा वस्तु अनलाइनमार्फत खरिद गर्न सकिने यस कार्ड सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रतापजंग पाण्डले गरेका थिए।

बैंकले सिभिल भर्चुअल एसिस्टेन्ट ‘सिभा’ को शुभारम्भ उद्घाटन गरेको छ। यसैगरी, सिभिल बैंकले ११ औँ वर्ष पार गर्दासम्म करिब ९२ अर्ब निक्षेप संकलन गरी करिब ८८ अर्ब ऋण लगानी गरेको छ। बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमाससम्म २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ। बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा सञ्चालन गर्दै आएको छ।

मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्