मदिरा सेवन गरेर आमाको हत्या

सांकेतिक तस्बिर

बुटवल – पाल्पामा मदिरा सेवन गरेका एक व्यक्तिले आफ्नै आमाको हत्या गरेका छन्।

रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले ६२ वर्षीय आमा मेनु सारुलाई सालको चिर्पट प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।

उनका अनुसार छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको छ।

मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्