अझै सुरु भएन एमाले केन्द्रीय कमिटी, आकांक्षी बढी हुँदा व्यवस्थापनमा हम्मे

काठमाडौँ- एमाले महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी चयन सहमतिमा हुने सम्भावना कम हुँदै गएको छ।
शनिबार र आइतबार हुने एमाले बन्दसत्रले केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ।
यद्यपि केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको नाममा सहमति हुन सकेको छैन।
केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार ८ बजे बेलुकी बस्ने भनिए पनि पदाधिकारी र केन्द्रीय सदस्य थप्ने विषयमा नेताहरुबीच सहमति हुन नसक्दा उक्त बैठक अबेर रातिसम्म सुरु हुन सकेको छैन।
पदाधिकारी तथा केन्द्रीय सदस्यमा आकांक्षी बढी हुँदा व्यवस्थापनमा समस्या बनेको छ।
मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्