बागमती, गण्डकी र १ नम्बर प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही शनिबार अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशको पूर्वी भूभागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन्।

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। यस्तै तराईका भूभागमा तुँवालो लागेको छ। तुँवालो दिउँसो बिस्तार कम हुँदै जाने महाशाखाले जनाएको छ।

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने छ। अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी शनिबार राति पनि पहाडी क्षेत्रको मौसम आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैबीच उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रमसमेत जारी रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्