चितवन – नारायणी नदी किनारमा शनिबार एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आएकाहरुको भीड थियो। नदीमा भने मोटरबोट कुदिरहेको देखिन्थ्यो।

नारायणी नदीमा पछिल्लो केही समयदेखि मोटरबोट सञ्चालनमा छ। मोटरबोटमा बसेर नदी सयर गर्नेहरुको संख्या पनि बढ्दो क्रममा रहेको सञ्चालकहरु बताउँछन्।

शुक्रबार नदी किनारमा एमालेको सभा चलिरहँदा नदीमा मोटरबोट सयर गर्नेहरु पनि देखिएका थिए। महाधिवेशन सभामा सहभागी हुन आएकाहरुमध्ये केहीले मोटरबोट सयर गरेर नारायणी नदीको अवलोकन गरेका थिए।

बोट सञ्चालकहरुका अनुसार आन्तरिक पर्यटकहरु नारायणी नदीमा बोट सयरका लागि आउने गरेका छन्। बर्खाको समयमा पानीको बहाव बढी हुँदा बोट सञ्चालन हुँदैन, तर हिउँदमा भने नियमित रुपमा बोट चल्ने गरेको छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले नारायणी नदीमा बोट सयर गर्नेहरुका केही तस्बिर खिचेकी छन्।