एमाले महाधिवेशन : बन्दसत्र हुने होटल पुगे ओली (तस्बिरहरु)

सौराह – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुन ढिलाइ भएको छ। सौराहमा नेताहरुबीच पदाधिकारीको भाग मिलाउन कठिनाइ परेकाले बन्दसत्रमा ढिलाइ भएको हो।

तर अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु भने बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल पुगेका छन्। चितवनको नारायणगढमा शुक्रबार भव्य सभा गरेर उद्घाटन भएको महाधिवेशनको बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ।

नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने तथा आकांक्षीहरुलाई सक्दो समेट्ने उद्देश्यले एमालेले दुई महिनाअघिको विधान महाधिवेशनको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्ने गरी विधानका विभिन्न व्यवस्था तोडमोड गरेको छ। तर पनि बन्दसत्रमा नेतृत्व चयन प्रक्रिया सहज भने हुने देखिएको छैन।

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्