चितवन– नेकपा  एमालेको १० औँ महाधिवेशनको बन्दसत्र सौराहामा चलिरहेको छ।

बन्दसत्रको उद्घाटनमा अहिले विदेशी पाहुनाहरुले सम्बोधन गरिरहेका छन्।

एमाले महाधिवेशनमा शुभकामना दिन विभिन्न देशका राजनीतिक दलका नेताहरु उपस्थित छन्। भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया लगायतका देशबाट राजनीतिक दलका नेताहरु आएका छन्।

उनीहरुले महाधिवेशन सफलताको शुभकामना दिएका छन्। एमालेको १० औँ महाधिवेशन शुक्रबारबाट सुरु भएको थियो।