ट्रकको ठक्करबाट बाबु–छोराको मृत्यु

सांकेतिक तस्बिर

बुटवल– रुपन्देहीको भैरहवामा शनिबार ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ।

भैरहवाको बर्मेली चोकमा मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दुर्घटनामा घाइते भएका उनीहरुको यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो।

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्